मङ्लबार, माघ ८, २०८१

३ दिनपछि को बन्ला सशस्त्रको आईजीपी ?


कान्तिपथ


सशस्त्र प्रहरी बलले तीन दिनपछि नयाँ नेतृत्व पाउँदैछ। हालका महानिरीक्षक (आईजी) शैलेन्द्र खनाल सशस्त्र प्रहरी नियमावली २०७२ मा उल्लेख भएको आईजीको चार वर्षे पदावधिका कारण चैत २८ गते अवकाशमा जाने भएपछि सशस्त्रले नयाँ नेतृत्व (आईजी) पाउन लागेको हो।

तीन दिनपछि सशस्त्रमा नयाँ आईजी बढुवा हुने भए पनि अहिलेसम्म कसले जिम्मेवारी पाउने भन्ने टुंगो लाग्न सकेको छैन। सशस्त्र भएका दुई दरबन्दीमा एआईजीद्वय पुष्पराम केसी कार्य तथा सीमा विभाग र रामशरण पौडेल मानव स्रोत तथा प्रशासन विभागमा कार्यरत छन्।

उनीहरुमध्ये एक जना यही चैत २८ गते आईजीमा बढुवा हुनेछन्। २८ गते आईजीमा बढुवा हुनेले जम्मा २१ दिन जिम्मेवारी सम्हाल्ने छन्।

यी दुवैको प्रहरी सेवामा प्रवेश गरेको आउँदो वैशाख १८ गते ३० वर्ष पूरा भएकाले अनिवार्य अवकाशमा जान्छन्। जम्माजम्मी २१ दिने आईजी बनेर फोटो झुड्याउने प्रतिस्पर्धामा अहिले दुबै जना लागिपरेका छन्।

उनीहरु दुवैजना नुवाकोटका हुन्। नुवाकोटकै एमाले नेता विष्णु रिमालसँग उनीहरुको निकट सम्बन्ध रहेको मानिन्छ। अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार भएको हुँदा उनीहरु कांग्रेस नेताहरु प्रवक्ता प्रकाशशरण महत, रामशरण महत, अर्जुननरसिंह केसी, माओवादी नेता हितबहादुर तामाङ्गको बाक्लै आउजाउ हुने गरेको छ । यी मध्ये देउवा निकट मानिएका प्रकाशशरण महतले कसलाई बोक्ने हुन् पत्तो छैन । अर्जुननरसिंह केसी कांग्रेस महामन्त्री गगन थापाका ससुरा हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत