सोमवार, मंसिर २९, २०८२

माधव नेपाललाई ३ सिट जितेर देखाउन ओलीको चुनौती


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।

पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैंमाथि प्रहार गरेको उनको आरोप छ । आफूले दिएको सिट दुरुपयोग गरेको भन्दै ओलीले भने, ‘माधव नेपाल २२-२३ सिट ल्याउने हुती भएको मानिस हो ? अब ३ सिट ल्याएर देखाउन त ?’

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिँदै २३ सिट पाउने हुती नभएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत