निर्वाचन आयोगले शुक्रबारदेखि स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको जनाएको छ।
शुक्रबार पत्रकार सम्मेलन गरी आयोगले आचार संहिता आजैदेखि लागू भएको प्रष्ट पारेको हो। आयोगका अनुसार आचारसंहिता लागू भएपछि दल वा उम्मेदवारले सामाजिक सञ्जालको आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने जनायो।
आयोगका अनुसार व्याग, टिसर्ट जस्ता सामग्री छाप्न र वितरण गर्न रोक लगाइएको छ।