शनिबार, मंसिर २०, २०८२

प्रचण्डका काकाका छोरा नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् । माओवादीभित्र प्रचण्डबाट बढी अवसर पाउने नेतामा उनी पर्छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् । यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । नेकपा एकता कालमा उनी पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत