शुक्रबार, फाल्गुन २, २०८१

दोलखामा भूमि आयोगले पायो पूर्णता: अध्यक्षमा मगर, विज्ञ सदस्यमा रिमाल


कान्तिपथ


सरकारले दोलखा जिल्लामा राष्ट्रिय भूमि आयोगलाई पूर्णता दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठबन्धनका दलहरुलाई भागबण्डा गर्दै आयोगलाई पूर्णता दिएको हो ।

खासै सांगठानिक प्रभाव नभएको जसपाले दोलखामा भुमि आयोगको अध्यक्ष पाएको छ । जसपाको कोटामा ललित मगर अध्यक्ष बनेका छन् । माओवादी केन्द्रबाट रिता रिमाल विज्ञ सदस्य, सदस्यमा जसपाबाट सुशिला शर्मा र नेपाली कांग्रेसबाट सुशान्त तामाङ्ग रहेका छन्।

नियुक्तिका विषयमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भागबन्डा नमिल्दा नियुक्ति प्रक्रियामा ढिलाई भएको हो । आयोगले जिल्ला-जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारले गत ३० भदौमा अध्यक्ष देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्दै राष्ट्रिय भूमि आयोग गठन गरेको थियो । आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत