शुक्रबार, फाल्गुन २, २०८१

एमाले र राप्रपा मिलेपछि ‘रामाले’: भिम रावल


कान्तिपथ


नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट चुनाव लड्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ प्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको दल ‘रामाले’ उत्पन्न हुने भयो भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले लेखेका छन्– राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?

शुक्रवार काठमाडौँमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका थिए ।

उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताउँदै आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरेका थिए । थापाले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको उल्लेख गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत