आइतवार, बैशाख ९, २०८१

गाँजाको कार्यक्रममा अतिथि बस्ने इन्स्पेक्टर र सईलाई कारबाही


कान्तिपथ


प्रतिबन्धित लागूऔषध गाँजाका विषयमा आयोजित कार्यक्रममा अतिथि बनेका नेपाल प्रहरीका दुई अधिकृतलाई विभागीय कारबाही थालिएको छ ।

सहिदभूमि–२ अखुवाटारमा गत आइतबारदेखि मंगलबारसम्म आयोजित ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ उद्घाटन कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय छिन्ताङका इन्चार्ज प्रहरी निरीक्षक काजीबहादुर बस्नेत र प्रहरी चौकी त्रिवेणीका इन्चार्ज सहायक निरीक्षक कुमार कटुवाल जिल्ला तानिएका हुन् ।

दुवैलाई विभागीय कारबाहीका लागि तानिएको कार्यालयका निमित्त प्रवक्ता इन्स्पेक्टर काशीनाथ रेग्मीले बताए । मुलुकमा गाँजा प्रतिबन्धित छ । तर, वैधानिक अभियान बनाउने अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले गाँजाकै बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए । Photo: Kantipur



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत