नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शशांक कोइरालाले गत निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएका छन्। शनिबार नेविसंघ इलाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले चुनावैपिच्छे आफ्नो खर्च बढिरहेको बताएका हुन्। २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउने दायरा तोकिएको थियो। आयोगले तोकेको सिमा भन्दा बढी खर्च गर्नेलाई कारबाही गर्छ या गर्दै केहि खुलेको छैन ।
सो कार्यक्रमा उनले भने- ‘पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो। दोस्रो चुनावमा तीन करोड र लास्ट चुनावमा ६ करोड। ल भन्नुस् त तपाईंहरु कोही चुनाव लड्न चाहनुहुन्छ, मेरो क्षेत्रबाट? म छोड्न तयार छु। तपाईंहरुले कम्तीमा ६/७ करोड त्यहाँ (खर्च) गर्नुपर्छ।’
नवलपरासीबाट निर्वाचित उनले चुनावमा त खर्च घट्नुपर्ने बताए। ‘पहिलो चुनावमा ८० हजार खर्च भयो। किनभने म मान्छेलाई चिन्दै चिन्दैनथेँ। नौलो ठाउँ थियो। सात वटा गाविस थियो। पहाडमा मलाई उठाएर लिएर गएका छन्। चिनिसकेपछि मूल्य (खर्च) त घट्नुपर्यो नि।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ