जनकपुरका निर्माण व्यवसायी बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी रमण कन्स्ट्रक्सनका संचालक हुन् । महतोले शनिबार पत्रकार सम्मेलनमार्फत जनकपुरधामको मेयरमा स्वतन्त्रतर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
विकास एक मात्र एजेन्डा रहेकोले जनकपुरवासीले आफूलाई सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । महतोले मेयरको उम्मेदवारी घोषणाा गरिरहँदा उनका समर्थकहरुको उपस्थिति थियो । आफ्नो उम्मेदवारी विशुद्ध विकासका लागि भएको महतोले दाबी गरे ।
रमण कन्स्ट्रक्सन र महतोमाथि राजश्व अनुसन्धान विभागले झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा मुद्दा चलाएको छ। एक वर्षअघि विभागले उक्त प्रालि तथा त्यसका सञ्चालकलाई २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।
धनुषा, रघुनाथपुर-४ को उक्त कम्पनीलाई देशभर ठेक्का लिएर काम अलपत्र पारेको अभियोगमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ