आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेलका लागि सत्ता गठबन्धनद्वारा गठित ‘स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति’ को बैठक आज बस्दै छ। आगामी वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदै छ।
प्रदेशहरुबाट प्राप्त प्रतिवेदन अध्ययन/विश्लेषण गर्न समितिको बैठक बस्न लागेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने मोवादिद केन्द्रका तर्फबाट समितिमा सदस्य वर्षमान पुनले जानकारी दिए।
उनले बैठकमा स्थानीय तहको निर्वाचनमा तालमेलको ‘खाका’बारे पनि छलफल हुने बताए। यही चैत २२ मा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति’ गठन गरेको हाे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ