शुक्रबार, जेष्ठ ३, २०८२

झरौखर पोखरी पूर्वाधार गर्न रकम विनियोजन


कान्तिपथ


बाराको ऐतिहासिक, पुरातात्विकस्थल सिम्रौनगढ नगरपालिकास्थित–१० स्थित झरौखर पोखरीको भौतिक पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयबाट रु चार करोड विनियोजन भएको छ । चौतिस हेक्टर क्षेत्रफलमा फैलिएको देवताल पोखरीको निर्माणले पर्यटकलाई आकर्षण गर्ने जनाइएको छ । विनियोजित रकमबाट चारैतिरबाट पर्खाल र टटबन्ध निर्माण, हरियाली उद्यानलगायतको काम गरिने सिम्रौनगढ नगर प्रमुख विजयशङ्कर यादवले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार निर्माण नभएका कारण झरौखर पोखरीमा मत्स्यपालन हुँदै आएको तथा आँप बगैँचाबाट समेत वार्षिक करोडौँको आम्दानी हुने जनाइएको छ । यस क्षेत्रमा करिब २० गाउँ रहेको छ भने ५२ पोखरीमध्ये झरौखर पोखरी सबैभन्दा ठूलो र ऐतिहास रहेको जनाइएको छ । पोखरीको बृहत्तर विकासका लागि गुरुयोजना बनाइ कार्यान्वयन गर्न स्थानीयवासी उपेन्द्रप्रसाद जयसवालले माग गर्नुभयो । झरौखर पोखरीसँगै सात बिघामा इसरा पोखरी रहेको र त्यहाँ मत्स्यपालन हुँदै आएको छ । यो नगरपालिकाको लागि राम्रो आम्दानीको स्रोत भएको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत