शुक्रबार, चैत्र ३०, २०८०
  • गृहपृष्‍ठ
  • शिक्षा
  • सेटिङ्गमा शिक्षक भर्ना गर्न खोज्दा परिक्षा रद्ध: विज्ञ पेण्डुलम, एक जना पास !

सेटिङ्गमा शिक्षक भर्ना गर्न खोज्दा परिक्षा रद्ध: विज्ञ पेण्डुलम, एक जना पास !


कान्तिपथ


दोलखाको बैतेश्वर गाउँपालिका वडा नं ६ स्थित मेघेचौरमा रहेको जल्पादेवी आधारभूत विद्यालयमा राहत शिक्षक छनोटका लागि भएको सेटिङ्ग भत्किएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकलाल गिरी र प्रधानाध्यापक ज्ञानुप्रसाद घिमिरेले प्रश्नपत्र आउट गरेर विद्यालयमा भर्ति गर्ने असफल प्रयास गरेको आरोप लागेको हो ।

शिक्षक भर्नाका लागि प्रक्रिया पुरा गर्न विद्यालयले हनुमन्तेश्वर मा.वि. का शिक्षक यज्ञ खतिवडा र बुस्ती आधारभूत विद्यालयका शिक्षक बद्रि दाहाल लाई विज्ञको रुपमा बोलाएको थियो । तर उनीहरुले आफ्नो विषय विज्ञता प्रयोग गर्न पाएनन् । १४ जना इच्छुक देखिएको परिक्षामा १३ जना उपस्थित भएका थिए ।

विज्ञलाई बाहिर चौरमा पेण्डुलम बनाएर गाउँपालिकाका प्राविधिक सहायक (शिक्षा) जनक अधिकारीले ५० वटा वस्तुगत प्रश्न बनाएका थिए । आफ्नो कुनै भूमिका नदेखेका विज्ञ परिक्षा केन्द्र छाडेर निस्केका थिए । सुरुमै खाली कागजमा सहि गर्न लगाएका उनीहरुलले सेटिङ्गको चाल पाएपछि आफ्नो नाम केर्न लगाएको बताईन्छ ।

विद्यालय निकट स्रोतका अनुसार सेटिङ्गवाला परिक्षार्थीले ४४ वटा प्रश्न मिलाएका थिए भने सहभागी अन्य १२ जना अनुतिर्ण भएका थिए। सर्वत्र विरोध देखिन थालेको पछि प्रधानाध्यापक घिमिरे परिक्षाफ़ल प्रकाशित गर्न हच्किए र परिक्षा रद्ध भयो ।

यस विषयमा बुझ्न खोज्दा व्यवस्थापन समितिका अध्यक्ष गिरीले सबै कुरा हेडमास्टरलाई थाहा भएको बताए भने प्रधानाध्यापक घिमिरेको नम्बर ९८६१०५९*** मा सम्पर्क हुन सकेन। यो सबै घटनाक्रम हुँदा शाखा अधिकृत विद्यालय निरिक्षक ऋषिराम ज्ञवाली भन्ने टुलुटुलु हेरेर बसेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत