आइतवार, माघ ६, २०८१

इतिहासमै पहिलोपटक बजेटविहीन अवस्थामा पुर्‍याउँदा अर्थतन्त्रमा संकट आयो: विष्णु पौडेल


कान्तिपथ


सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि उत्पन्न अवस्था र मुलुकको बढ्थो आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पार्टीको धारणा राखिरहेका छन् ।

सरकारले मुलुकको अर्थतन्त्र तहसनहस पारेको र एमाले सरकारबाट बाहिरिएको ९ महिना नपुग्दै मुलुक टाट पल्टिने अवस्थामा पुगेको भन्दै गम्भीर ध्यानाकर्षण भएको नेताहरूले बताएका छन् ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले इतिहासमै पहिलो पटक बजेटविहीन अवस्थामा केही समय मुलुकलाई राखेको कारण आज अर्थतन्त्रमा संकट देखिएको बताएका छन्।

उनले भने, ‘वर्तमान सरकार अर्थात् शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा कोभिड नियन्त्रणमा आइसकेको थियो। यो सरकारले सही नीति लिएर अघि बढेको भए, अर्थतन्त्र यो अवस्थामा आउने थिएन। हामीले ल्याएको लोकप्रिय बजेटलाई अस्वीकार गरियो। प्रतिस्थापन विधेयक ल्याउनुको कारण सरकारले अहिले पुष्टि गर्नसकेको छैन। जसकारणले यो अवस्थामा मुलुक पुगेको छ।’

उनले भने, त्यही बीचमा सरकार छाड्नुपर्यो। त्यस समयमा मूल्यवृद्धि ४ प्रतिशतभन्दा कम थियो। व्यापारघाटा, विप्रेषण १० प्रतिशतले बढेको थियो। विदेशी मुद्रा सञ्चिति १४ खर्ब रुपैयाँ बराबर पुगेको थियो।’ यही बीचमा ७ प्रतिशतको आर्थिक वृद्धि देखिएको बताउँदै उनले कोभिडको समयमा समेत आर्थिक वृद्धिलाई निश्चित सीमासम्म राखेको दाबी गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत