शुक्रबार, फाल्गुन २, २०८१

अर्थमन्त्री भाग्नुपर्ने दिन आउन सक्छ: एमाले उपाध्यक्ष पाण्डे


कान्तिपथ


नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले कानुन विपरीत काम गरेको आरोप लगाए । अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताएका हुन् ।

‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ?’ उनले भने, ‘हामीले बनाएको ऐन भन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?’

अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी गरे । ‘श्रीलंकामा अर्थमन्त्री भाग्नेले सुन्दैछु , कतै यो दिन त नआओस् नेपालमा; उनले भने ।

त्यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सरकारकै कारण इतिहासमा पहिलोपटक निश्चित समयसम्म मुलुक बजेटविहीन हुने अवस्थामा पुगेको भन्दै उनले सरकार गम्भीर नभएको बताए। गत जेठमा केपी शर्मा ओलीको सरकार हटेको थियो। त्यतिबेला १४ अर्ब डलर सञ्चित रहेको, पारदर्शी करको प्रस्तावले लगानीकर्ता उत्साही भएको र तरलताको अवस्था नरहेको पौडेलले बताए।

‘अहिले अत्यन्त नकारात्मक दृष्टिकोणले अर्थतन्त्र अघि बढेको छ। चालु घाटा जोखिममा पुगेको छ, हुण्डीको कारोबार बढेको छ। आयात अनियन्त्रित बढेको छ। पुँजीगत खर्च निराशाजनक छ। कर्मचारीमा आस्थाका आधारमा जिम्मावारी दिइएको छ,’ पौडेलले भने,‘हरेक किसिमले क्षमतावान् गभर्नर हटाइएको छ। सरकारको गलत नीतिलाई अस्वीकार गरेका कारण स्पष्टीकरण सोधिएको छ। सरकारले यो निर्णय सच्याएन भने अझै आर्थिक संकट पर्छ। गभर्नर एउटा पद मात्र होइन,यो संस्था ध्वस्त पार्ने योजना हो।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत