सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावमा दलहरु बीचको तालमेल कसरी र कुन आधारमा गर्ने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ ।
५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने सहमति गरेपनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेको छैन ।
यसैबीच आजको बैठकपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । आसन्न स्थानीय चुनावमा एमाले विरुद्ध देशव्यापी गठबन्धन गरेर जान दलहरु तयार भएपनि कतिपय स्थानमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच समान बुझाई नभएपछि शीर्ष नेताले संयुक्त अपिल जारी गर्न लागेका हुन् ।
नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने भएको छ । काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन सोमबार शीर्ष नेतृत्वलाई बुझाउने भएको हो ।
गठबन्धनमा आवद्ध दलहरु काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानिय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ