बुधबार, पुस २, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • कटारीमा श्रीमानद्वारा श्रीमतीको हत्या: शौचालयमा चिर्पट प्रहार

कटारीमा श्रीमानद्वारा श्रीमतीको हत्या: शौचालयमा चिर्पट प्रहार


कान्तिपथ


उदयपुरमा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ को पोष्टराज दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनिलाल बहादुर श्रेष्ठले जानकारी दिए।

सोमबार बिहान ४ बजे दाहालले आफ्नै ३८ वर्षीया श्रीमती नानुमाया दाहाललाई शौच गरिरहेको अवस्थामा चिर्पट दाउराले टाउकोमा प्रहार गरेको थिए। प्रहरीले नानुमायाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ।

इलाका प्रहरी कार्यालय कटारी प्रहरी टोलीले पोष्टराज दाहाललाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान भइरहेको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत