शनिबार, चैत्र ९, २०८१

गठबन्धनले तालमेलको मोडालिटी भोली टुङ्ग्याउने


कान्तिपथ


सत्तारुढ दल पाँच दलले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी मंगलबार बस्ने बैठकमार्फत टुङ्ग्याउने भएका छन् । सोमबार बसेको पाँच दलीय गठबन्धनको उच्चस्तरीय बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेको छ ।

सोमबारको बैठकपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बेलुका ४ बजे बस्ने बैठकले मोडालिटीबारे टुङ्गो लगाउने जानकारी दिए । ‘चुनावी तालमेलको मोडालिटी मंगलबार चार बजे बस्ने बैठकले टुङ्गो लगाउँछ’, मन्त्री कार्कीको भनाइ छ । गठबन्धनभित्र मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल भएपनि नेताहरुबीच सहमति जुटेको छैन ।

खासगरी यसअघि काँग्रेस, माओवादीले जितेका स्थान उनीहरुलाई नै छोड्दै एमालेले जितेका स्थानमा भागबण्डा गर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीले असहमति जनाएको नेताहरुको भनाई छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत