आइतवार, माघ ६, २०८१

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध


कान्तिपथ


रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ ।

दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् । जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच–बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत