नेकपा (माओवादी केन्द्र) ले दोलखाका दुई गाउँपालिकामा गाउँपालिका अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ । दोलखाका बैतेश्वर र तामाकोशी गाउँपालिकामा अध्यक्षका उम्मेदवारको टुंगो लागेको छ ।
बैतेश्वर गाउँपालिका कमिटीको आज बसेको सचिवालय बैठकले लक्ष्मण खड्कालाई गाउँपालिका अध्यक्षको रुपमा अघि सारेको गाउँपालिकाका सचिवालय सदस्य बिनोद घिमिरेले बताए । बैठकमा नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज देवी खड्का, नेता गोपाल पाण्डे, जिल्ला सह-इन्चार्ज परशुराम रिमाल, पालिकाका पदाधिकारी लगायत उपस्थित थिए ।
बैतेश्वरको वडा नं २ मा राजु तामाङ्ग, ४ मा लक्ष्मण चौलागाईं, ५ मा भुवन घिमिरे, ७ मा मिनकुमार शिवाकोटी वडा अध्यक्षको उम्मेदवार सिफारिस भैसकेका छन् । पालिकाको बैठकले अन्य वडामा पनि छिट्टै उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । गठबन्धन भएपनि बैतेश्वरमा अध्यक्ष छाड्न नसक्ने निर्णय भएको, समाजवादी वा कांग्रेसलाई उप-प्रमुख दिनेगरि अगाडी बढ्न सक्ने निर्णय भएको घिमिरेले बताए ।
त्यस्तै तामाकोशी गाउँपालिका कमिटीले पनि पालिका अध्यक्षको उम्मेदवारको टुंगो लगाएको छ । पालिका अध्यक्षमा माओवादीको तर्फबाट सन्तोष केसी सिफारिस भएका छन् । तामाकोशीमा वडा नं १ को अध्यक्षमा सुरेश उप्रेती र वडा नं. ४ मा खड्गविक्रम खडका वडा अध्यक्ष सिफारिस भएका छन् ।
आजै तामाकोसी गाउँ पालिका वडा नं. २ निवासी कवीप्रसाद काफ्ले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा आबद्ध भएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ