बिहिबार, बैशाख ६, २०८१

सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति


कान्तिपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी स्थानीय तह निर्वाचन सुरक्षामा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । २०७८ वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृतिका लागि गत शुक्रबार (चैत २४) मा राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यसअघि नै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई खटाउने गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८’ पारित गरी अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पठाएको थियो । सोही अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मकरुपमा परिचालनको खाका बनेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत