मङ्लबार, अशोज ११, २०७९

‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै


कान्तिपथ


नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रोले रु १५ हजार र तेस्रोले रु १० हजारसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन् ।

इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी दिनुभयो । फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक–केराबारी–आले–शहीद चोक– १० नं वडा कार्यालय–फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ । ‘स्वास्थ्यका लागि साइकल प्रयोग गरौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत