आइतवार, अशोज २७, २०८१

झापाका १३ विद्यालयमा संरचना निर्माण


कान्तिपथ


नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ । ‘गुड नेभर्स इन्टरनेशनल नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा संरचना निर्माण गरेको समाजकी अध्यक्ष प्रेमाकुमारी भट्टराईले जानकारी दिनुभयो । कचनकवल–५ पाठामारीको जानकी आधारभूत विद्यालयमा दुईकोठे पक्की भवन, महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानीको धारा जडान गरिएको छ ।

कचनकवल–४ को महेन्द्ररत्न मावि, कचनकवल–२ को लक्ष्मीप्रसाद देवकोटा मावि, कचनकवल–१ को बुद्ध मावि, कचनकवल–७ को जानकी मावि, जनता मावि र शिव मावि तथा कचनकवल–३ को सरस्वती आधारभूत विद्यालयमा शौचालय, खानेपानीको धारा जडान र मर्मत गरिएको छ । कचनकवलका विद्यालयको संरचना निर्माणमा रु एक करोड ३५ लाख खर्च भएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

झापा गाउँपालिकाको रु १० लाख र गुड नेभर्स इन्टरनेशनल नेपालको रु ५५ लाखको लागतमा झापा–२ स्थित कुवाडीदेवी माविमा दुईकोठे पक्की भवन, शौचालय र खानेपानीको धारा जडान, ५ नं वडाको महेन्द्र माविमा शौचालय, खानेपानीको धारा जडान तथा वडा नं ३ को सिमलबाडी आधारभूत विद्यालय र वडा नं १ को सरस्वती आधारभूत विद्यालयमा खानेपानीको धारा जडान गरिएको छ । ती संरचना निर्माणपछि समाजले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत