उमेर घटाएर नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा प्रहरी नायव उपरीक्षक रमेश सिंह दोषी ठहर भएका छन्। डीएसपी सिंहले जन्म मिति २०३२ साललाई २०३३ साल बनाएर नक्कली प्रमाण पत्र पेश गरी प्रहरी निरीक्षकमा भर्ना भएको विशेष अदालतले ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गरेपनि सजाय निर्धारण भने हुन बाँकी छ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। २०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन उनले आवेदन दिएका थिए। तर लोक सेवा आयोगले २०६१ सालमा मात्रै नतिजा सार्वजनिक गरेको थियो।
आवेदन दिँदा उनी २५ वर्ष नाघिसकेको पाइएको विशेष अदालतले जनाएको छ। सुरुमा सिंहले एसएलसीको चारित्रिक प्रमाण पत्र नै नक्कली बनाएका थिए। पछि त्यसैका आधारमा नागरिकताको प्रतिलिपि पनि लिएको खुलेको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ