मङ्लबार, माघ ८, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • खानीखोलाका इन्स्पेक्टरले रक्सी खाएर पिटे हवल्दार र ड्राईभर: कारबाहीको तयारी

खानीखोलाका इन्स्पेक्टरले रक्सी खाएर पिटे हवल्दार र ड्राईभर: कारबाहीको तयारी


कान्तिपथ


धादिङ्गको खानीखोला इलाका प्रहरी कार्यालयका इन्चार्ज, प्रहरी इन्स्पेक्टर अपुर्व ढुंगानालले रक्सीको तालमा लट्ठ हुँदै आफु मातहतका प्रहरी हवल्दार र ट्रकका सवारी चालकलाई पिटेका छन्। पिटाई खानेका ट्रक चालक धुर्व श्रेष्ठ र प्रहरी हवल्दार श्रीभक्त तामाङ्ग रहेका छन् । रातको समयमा ट्रक रोकेर बसेका श्रेष्ठलाई रक्सीले मातेका इन्स्पेक्टरले पिटेका थिए ।

सर नपिट्नुस भन्दै सम्झाउन गएका हवल्दार तामाङ्गलाई त झन् ढुंगानाले पेटी खोलेर हानेका थिए। ढुंगानाले चौकीका अन्य प्रहरीलाई पनि तथानाम गाली गरेका थिए । ढुंगानालले पिटेका सवारी चालक आज बिहान छुटेका थिए भने हवल्दारलाई रक्सीको तालमा के-के भयो भन्दै सम्झाउन खोजेका थिए ।

स्रोतका अनुसार इन्स्पेक्टरको बेल्ट खाएका हवल्दारको जिउभरि निलडाम छ । ढुंगाना कमाउन कै लागि विभिन्न शक्तिकेन्द्रको पावर लगाएर खानीखोला आएको स्थानीय बताउछन् । उनी हालका गृहमन्त्री बालकृष्ण खाँडका पुर्वपिएसओ पनि हुन् । कान्तिपथको सम्पर्कमा आएका सवारी चालक श्रेष्ठलले भने, ‘नौविसेको जाममा मेरो गाडीको स्टार्ट बन्द भएर रोकियो, केहि समयमा स्टार्ट भएर मैले गाडी साईड लगाए । त्यतिकैमा इन्स्पेक्टर आएर माथिबाट दबाब आएको भन्दै मलाई दुर्व्यवहार गरे । तर अहिले जे भयो गल्ति भयो भन्दै माफी मागे ।

केन्द्रिय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले आफ्नै संगठनको जुनियर कर्मचारी र एक निरिह मजदुरलाई हातपात गर्ने इन्स्पेक्टरलाई कारबाही हुने बताए । कान्तिपथसंग बोल्दै उनले भने यो विषय आईजी’साब सम्म पनि पुगेको छ, ढुंगाना हाम्रो नोटिसमा छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत