मङ्लबार, जेष्ठ ३, २०७९

गठबन्धनसँग एक्लै लड्छु भन्ने एमालेद्वारा राप्रपासँग तालमेल


कान्तिपथ


प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तालमेल सहमति भएको छ।

बुधबार काठमाडौंमा दुई दलका नेताहरुबीच तालमेल सहमति भएको हो। यो सहमतिसँगै अब राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गर्ने भएको छ।

दुई दलबीच स्थानीय तह निर्वाचनमा तालमेल गरेर जान ५ बुँदे सहमति भएको हो। सहमति अनुसार देशभरका तालमेल सम्भव भएका पालिकाहरुमा दुई दलले मिलेर उम्मेदवार उठाउने भएका छन्।

सहमति अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ। नेकपा (एमाले) ले नउठाउने स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारलाई सघाउने सहमति पनि दुई पक्षबीच भएको छ।

तालमेलका लागि अब एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने भएका छन्। दुवै दलका कमिटीहरुले सहकार्यका लागि प्रस्ताव तयार गरेर आ-आफ्नो पार्टी केन्द्रमा पठाउने सहमति पनि गरिएको छ।

केन्द्रीय तहको अनुमतिपछि तालमेल सहमति कार्यान्वयन गर्न पनि दुई दल तयार भएका छन्। सहमतिअनुसार अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उमेद्वारहरु सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

यो सहमतिमा एमालेको स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका महामन्त्री सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपस्थित थिए। एमाले अध्यक्ष केपी ओलीले एमाले एक्लै प्रतिष्पर्धा गर्ने बताउदै आएका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत