नेकपा एमाले र नेपाल परिवार दलबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ। बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
देशभरिका तालमेल सम्भव हुने पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने दुई दलबीच सहमति भएको छ। परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र परिवारका दलका उम्मेदवारहरुलाई एमालेले सघाउने सहमति भएको छ।
त्यस्तै परिवार दलका उम्मेदवारहरुले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ