शनिबार, चैत्र ९, २०८१

जो एआईजीमा बढुवा भयो उसैले १८ दिनपछि आईजीपीको फुली लाउने


कान्तिपथ


सशस्त्र प्रहरी बलमा एआईजी बढुवाको प्रक्रिया अघि बढेको छ । सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले बुधबार सांझ रिक्त एआईजीको दरबन्दीमा बढुवाको प्रक्रिया अघि बढाएका हुन्।

बढुवाको लागि तीन दिनको समय दिइएको छ । एआईजीका लागि डीआईजीहरु चन्द्रप्रकाश गौतम, राजु अर्याल र नारायणदत्त पौडेल प्रतिस्पर्धामा छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकास पाएपछी सरकारले केसीलाई बुधवार महानिरीक्षमा नियुक्त गरेको थियो । केसी १९ दिनका लागि मात्रै सशस्त्र प्रहरी महानिरीक्षक बनेका हुन् । केसीले पनि वैशाख १९ गते उमेर हदका कारण अनिर्वाय अवकास पाउनेछन् ।

केसीसँगै एआइजी रामशरण पौडेल पनि अवकाशमा जानेछन् । १९ दिनपछि सरकारले तीन जना डीआईजीबाट आईजीपी बनाउनेछ । सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्रै आईजीपी नियुक्त गर्न सकिने प्रावधान छ । बैशाख १९ गते बन्ने सशस्त्र प्रहरीको आईजीपीको कार्यकाल ४ वर्षको हुनेछ ।

साहित्यकार समेत रहेका नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका अधिकारीहरूमध्ये गौतम मात्र एक्ला बहालवाला अधिकारी हुन्, भारतको देहरादुनबाट सैनिक तालिमसमेत पूरा गरेका छन् । रसायनशास्त्रमा (एमएस्सी) गरेका उनी सशस्त्र प्रहरी बलमा रहेर विभिन्न कमाण्ड सम्हालिसकेका छन् । उपत्यका बाहिनी र सशस्त्र प्रहरी बल प्रदेश–२ को प्रमुखको जिम्मेवारी निभाएको अनुभव उनीसँग छ । गौतमसँग सुडान र पूर्वी टिमोरमा सुरक्षा प्रमुख बनेर चुनाव गराएको अनुभव छ, नेपालमा स्थानीय चुनावको मुखैमा हुने आईजीपी बढुवामा सरकारले उनको विज्ञता प्रयोग गर्न सक्छ ।

सशस्त्र प्रहरी बलको विभिन्न ठाउँमा कमाण्ड गरेको अनुभव अर्यालसँग छ । सशस्त्र प्रहरी बल मुख्यालय मानव स्रोत विभाग, सीमा सुरक्षा, प्रदेश–२ बाहिनी, उपत्यका बाहिनीको कमाण्ड उनले सम्हालिसकेका छन् ।

शान्ति मिसनमा खटिँदा युद्धग्रस्त देश लाइबेरियामा अप्रेसन कमाण्ड, साउथ सुडान र एसएसपी हुँदा सुडानमै खटिँदा उल्लेख्य काम गरेको अनुभव उनीसँग छ । अर्याल सशस्त्र प्रहरी बलका प्रवक्तासमेत भएका थिए । सशस्त्र प्रहरी बलका विभिन्न ठाउँमा कमाण्ड सम्हालेका पौडेलसँग ५ नम्बर विन्ध्यवासिनी बाहिनी र मुक्तिनाथ बाहिनी पोखरा प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत