सोमवार, बैशाख १५, २०८२

काब्रे तरुण दलका अध्यक्ष राजेश मिजार माओवादी केन्द्र प्रवेश


कान्तिपथ


नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दल, बैतेश्वर गाउँपालिका वडा नं ५ का अध्यक्ष राजेश मिजार नेकपा माओवादी (केन्द्र) मा प्रवेश गरेका छन् । बैतेश्वर गाउँपालिकाको वडा नं ५ मा बलियो प्रभाव राख्ने मिजारको प्रवेशसंगै वडा नं ५ मा कांग्रेसको शक्ति क्षिण भएको छ ।

मिजारलाई माओवादी केन्द्रका नेता, दोलखा प्रदेश सभा ‘क’ का सांसद तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले पार्टीमा प्रवेश गराएका थिए । खड्काले मिजारलाई उचित जिम्मेवारी दिईने बताए । माओवादी स्वभावैले क्रान्तिकारी र साबिक काब्रेमा एमालेको थिचोमिचो विरुद्ध लडेको कांग्रेस पनि क्रान्तिकारी भएकोले मिलन सम्भव भएको खड्काले बताए ।

मिजारको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र निकट दोलखा-काठमाडौँ सम्पर्क मंचका अध्यक्ष मिन घिमिरे, नेकपा माओवादी केन्द्र, बैतेश्वर गाउँपालिका सचिव तथा वडा नं ५ का अध्यक्षका उम्मेदवार भुवन घिमिरे, माओवादी केन्द्रका नेताहरु विनोद घिमिरे, कृष्ण खड्का, सुकदेव घिमिरे लगायत उपस्थित थिए । घिमिरेले वडा अध्यक्षको टिकट पाएपछि उनलाई जिताउन भन्दै एमाले निकट युवा संघका संयोजक, सह-संयोजक लगायत पनि माओवादी प्रवेश गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत