सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्तामा नियुक्त गरिएको बताएको छ ।
खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए । यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरी बलको प्रवक्ता थिए । सशस्त्र प्रहरीसँग सम्बन्धित सूचना र जानकारीका लागि ९८५१२७२००७ मा सम्पर्क राख्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ