काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ। बैठकमा आसन्न स्थानीय तहका निर्वाचनलाई छलफल भइरहेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
गठबन्धनका आवद्ध दलबीच केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको उनले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ