सोमवार, अशोज १०, २०७९

कांग्रेसबाट ललितपुरको मेयरमा चिरीबाबुसहित ७ जना सिफारिस


कान्तिपथ


नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरिएको छ। कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम मेयरका लागि सिफारिस गरेको हो।

सात जनाको नाम सिफारिस गरेर प्रदेशमा पठाइएको छ। प्रदेशले नाम केन्द्रमा पठाउनेछ। कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ। ललितपुर महानगरमा चिरीबाबुले फेरि एक कार्यकाल दोहोर्‍याउने इच्छा देखाएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत