आइतवार, अशोज २७, २०८१

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३९ हजार नाघ्यो


कान्तिपथ


भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सक्रङ्मण भएपछि कुल सङ्क्रमतिको संख्या ४ करोड ३० लाख ३९ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप ६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५ लाख २१ हजार ७४३ पुगेको छ ।अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा १३३ सक्रिय सङ्क्रमित बढेको पाइएको छ । ७८ दिनपछि देशमा सक्रिय संख्या बढेको हिजो दोस्रो दिन भएको समाचारमा जनाइएको छ ।

हालसम्म ४ करोड २५ लाख ७ हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएका समाचारमा जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत