मङ्लबार, बैशाख १, २०८३
  • गृहपृष्‍ठ
  • राजनिति
  • मोरङका ३ पालिका प्रमुखमा एमाले उम्मेदवार सर्वसम्मत: माओवादीबाट आउनेले पाए टिकट

मोरङका ३ पालिका प्रमुखमा एमाले उम्मेदवार सर्वसम्मत: माओवादीबाट आउनेले पाए टिकट


कान्तिपथ


आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका तीन पालिका प्रमुख र चार दर्जन वडाध्यक्षका उम्मेदवार सर्वसम्मत रूपमा छनौट गरेको छ।

मोरङको रंगेली नगरपालिकाको प्रमुखमा दिलीप बगडिया, जहदा गाउँपालिकाको प्रमुख कृष्ण गिरी र धनपालथान गाउँपालिकाका अध्यक्षमा मुसहरू मण्डललाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको हो।

बगडिया सोही नगरका बहालवाला नगरप्रमुख हुन्। गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर नगर प्रमुखमा निर्वाचित भएका बगडिया एक महिना अगाडि एमाले प्रवेश गरेका हुन्।

धनपालथानका मुसरु मण्डल पनि गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही पालिकाको अध्यक्ष पदका प्रत्याशी रहेको र करिब तीन सय मतान्तरले पराजित भएका हुन्। स्थानीय मतदाताबीच निकै लोकप्रिय छबी भएका मण्डललाई पुनः यस पटक पनि एमालेको स्थानीय कमिटीले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।

जहदाका गिरी हालै एमाले प्रवेश गरेका हुन। उनी अहिले वडा नम्बर ४ का वडाध्यक्ष हुन। गिरी जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत