प्रधानसेनापति ट्रफी अन्तर्गत कमाण्डतर्फ मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम भएको छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले मध्य कमाण्डका सेनापति उपरथी बाबुराम श्रेष्ठलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका हुन् ।
गत चैत्र १६ गतेबाट शुरु भएको ‘प्रधान सेनापति ट्रफि–२०७८’ खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेल समावेश थिए ।
बाहिनी अड्डातर्फ २८ नम्बर बाहिनी र गणतर्फ जगदल गण प्रथम भएको छ । प्रधान सेनापति शर्माले २८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हिम्मत बहादुर विष्ट र जगदल गणका गणपति सरोजकुमार कार्कीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ