सोमवार, मंसिर १२, २०७९

कांग्रेसबाट निष्काशित व्यक्तिसँग पनि गठबन्धन गर्दै एमाले


कान्तिपथ


नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय भएको छ ।

दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् । उनले मेयर उठ्न चुनावी प्रचारलाई तीव्र बनाएका छन् भने सम्पर्क कार्यालय खोलेका छन्।

‘म व्यासको मेयरमा उठ्दैछु। व्यासमा मलाई एमालेले समर्थन गर्छ,’ उनले भने, ‘व्यासमा एमालेबाट उपमेयर उठ्ने कुरा छ। अरू पालिकामा सदस्यदेखि वडाध्यक्ष र पालिका प्रमुखहरूसम्म साझा उम्मेदवार बनाउने सहमति भएको छ।’

जोशीमाथि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोप थियो । तत्कालीन नेकपा एमालेका सांसद श्रेष्ठ, एमाले विभाजनपछि हाल माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत