आइतवार, मंसिर २३, २०८१

नेपाली सेनाले हिमाल सफाई गर्दै


कान्तिपथ


सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको साथ जुटेको छ । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमाल हरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्य रहेकामा युनीलिभरले पनि सेनाको अभियानमा हातेमालो गरेको हो ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलयका निर्देशक सहायक रथी हिमांशु खड्काले आफूहरुको अभियानमा साथ दिएकामा युनिलिभर नेपाललाई धन्यवाद दिए ।

युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक म्लान मुखर्जीले भने, “यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।” नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशिल रहेको उल्लेख गर्दै उनले युनिलिभरले कञ्चनजङ्घा हिमालको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत