बिहिबार, बैशाख ६, २०८१

सल्यानमा भत्कियो गठबन्धन: एक्ला-एक्लै भिड्ने निर्णय


कान्तिपथ


सल्यानमा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ। दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय भएको हो । नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको हो ।

बैठकमा तीनवटै दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सल्यानमा काँग्रेसभित्रै पनि आन्तरिक द्वन्द्व भएका कारण गठबन्धन बन्ने कुरामा माओवादी र एकीकृत समाजवादीले आशंका गरेका थिए । काँग्रेसकै एउटा पक्ष नेकपा एमालेसँग नजिक भएको माओवादी केन्द्रका एक जना नेताले बताए । सल्यान एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वाला र माओवादी अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लको गृह जिल्ला हो ।

ज्वालाहरुले प्रदेश सरकारमा काँग्रेस र माओवादीलाई सरकार बनाउन सघाएकाले सल्यानमा गठबन्धन बन्ने अपेक्षा धेरैको थियो । कर्णालीका डोल्पा र मुगुमा पनि गठबन्धन नहुने निर्णय भैसकेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत