सोमवार, जेष्ठ २, २०७९

पल शाह प्रकरण: नाबालिग गायिकाका बाबुले पनि फेरे बयान


कान्तिपथ


अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाको बकपत्र गर्ने क्रममा पीडित पक्षले बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बाबुले समेत बयान फेरेका हुन्।

पीडित गायिकाका बाबुले समेत बकपत्र गराउँदा बलात्कार घटना नभएको भन्दै बयान फेरेका छन्। पीडित पक्षले नै बयान फेरेपछि यो घटनाले नयाँ मोड लिएको छ। उनीहरुको बयानले आरोपी शाहलाई केही राहत पुग्न सक्ने आकलन गरिएको छ। उनीहरुले बयान फेर्नुमा होस्टाइल भएको हुनसक्ने आशंका गरिएको छ।

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा बलात्कार कसुरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। दुवै घटनाको पीडित उही नाबालिग थिइन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत