आइतवार, बैशाख ९, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • सशस्त्रको एआईजीमा राजु अर्याल बढुवा सिफारिस, बैशाख १९ पछि आईजीपी बन्ने

सशस्त्रको एआईजीमा राजु अर्याल बढुवा सिफारिस, बैशाख १९ पछि आईजीपी बन्ने


कान्तिपथ


सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिको आइतबार राति बसेको बैठकले एक नम्बर वरियतामा रहेका अर्याललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सिफारिसलाई मन्त्रिपरिषद्‌ले स्वीकृत गरेपछि नियुक्ति हुनेछ।

प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सेवानिवृत्त भएपछि सरकारले एआईजी पुष्पराम केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ। उनले उमेर हदका कारण वैशाख १९ गते अवकाश पाउने छन्।

त्यसपछि अर्याल चार वर्षका लागि सशस्त्रको नयाँ आईजीपी बन्नेछन्। अर्यालसँगै भावी आईजीपीको दौडमा डीआईजीहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम थिए। तर बढुवा समितिले अर्याललाई रोजेपछि उनी नै नयाँ आईजीपी हुने निश्चित भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत