आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • गाउँपालिकाको टिकटमा विवाद: आफ्नै कार्यकर्ताबाट कुटिए एमाले नेता माधव ढुंगेल

गाउँपालिकाको टिकटमा विवाद: आफ्नै कार्यकर्ताबाट कुटिए एमाले नेता माधव ढुंगेल


कान्तिपथ


नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन् ।

रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा ढुंगेलमाथि आक्रमण भएको हो । नेकपा एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले उनलाई हातपात गरेकी हुन् । खाँडादेवी गाउँपालिका घर भएकी न्यौपानेले आक्रमण गरेपछि रोक्न खोज्दा ढुंगेल पत्नी सरिता दाहाल घाइते भएकी छिन् ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष र अनेरास्ववियुका अध्यक्ष समेत भएका ढुंगेल टिकटको निहुँमा आफ्नै कार्यकर्ताबाट कुटिएका हुन् । स्रोतका अनुसार पकरबास घर भएकी न्यौपाने एमालेकी सक्रिय कार्यकर्ता हुन्, उनले लाईफ इन्सुरेन्समा काम गर्ने बुझिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत