शुक्रबार, फाल्गुन २, २०८१

कोभिड प्रकोपको डरले आईपीएल प्रभावित


कान्तिपथ


भारतमा संचालन हुदैँ गरेको इन्डियन प्रिमिएर लिग कोभिड प्रकोपको डरले प्रभावित भएको छ । आईपीएल टिम दिल्ली क्यापिटल्सले कोरोना फैलिने त्रासले पुर्व निर्धारित पुणेको यात्रा रद्द गरेको छ। टिमका सम्पूर्ण सदस्यलाई आज र भोलिका लागि होटेलमै कोभिड-१९ परीक्षण गरी क्वारेन्टाइनमा राखिनेछ।

टोलीका फिजियो प्याट्रिक फरहार्टलाई यसअघि पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो । प्याट्रिक संगसंगै अर्का एक खेलाडीलाई पनि संक्रमण देखिएपछि त्रास बढेको हो । नाम नखुलाईएका अर्का खेलाडीको एन्टिजेन टेस्टमा सकारात्मक परीक्षण आएपछि नतिजा पुष्टि गर्न थप पिसीआर परीक्षण गर्न दिइएको बताइएको छ।

क्यापिटल्सले बुधबार (अप्रिल २०) पुणेमा पञ्जाब किंग्ससँग खेल्ने तालिका छ । उनीहरुको आगामी कार्यदिशाबारे तत्काल बीसीसीआईसँग छलफल भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत