मङ्लबार, माघ १, २०८१

आसाममा चट्याङ लागेर १४ को मृत्यु


कान्तिपथ


भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार त्यहाँ आएको भिषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान गएको हो ।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको थियो। वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पु¥याएको थियो ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।

यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत