नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका ६ वटा महानगरमा गठबन्धनका दलहरुले भागवण्डा मिलाइसकेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘देश निर्वाचन प्रक्रियामा होमिएको छ। तर फेरि निर्वाचन के हुन्छ भनेर आशंकाका रुपमा पनि हेरिएकको छ’, उनले भने, ‘निर्वाचन सर्दैन। वैशाख ३० गते नै हुन्छ।’ उनले अहिले आफू बालुवाटारमा बसेको गठबन्धनको बैठकबाट आएको बताउँदै ६ वटा महानगरमा भागवण्डा मिलिसकेको पनि उल्लेख गरेका छन्।
‘भर्खरै म गठबन्धनको बैठकबाट आएको छु। सरकार र सरकारमा भएका पार्टी निर्वाचन सार्ने पक्षमा छैनन्’, उनले भने, ‘आज बेलुकासम्म हामी ६ वटै महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा सहमति गर्छौँ।’
दाहालले ६ वटा महानगरमा सहमति भइसकेको पनि बताए। ‘६ वटा महानगर टुंगिसकेको छ। बेलुकासम्म हामी एउटा निष्कर्षमा पुग्छौँ’, उनले भने, ‘त्यसपछि नगरपालिका र गाउँपालिकामा जान्छौँ । नगर र गाउँमा तालमेल अधिकार हामीले स्थानीय कमिटीलाई दिएका छौँ। बेलुकासम्म तलको पनि रिपोर्ट ल्याएर हामी मिलाउँछौँ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ