मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • बलात्कारको मुद्धामा किशोरीलाई नै ३ वर्ष ६ महिना कैदमा पठाउने न्यायाधिशको जिम्मेवारी खोसियो

बलात्कारको मुद्धामा किशोरीलाई नै ३ वर्ष ६ महिना कैदमा पठाउने न्यायाधिशको जिम्मेवारी खोसियो


कान्तिपथ


कैफियत फैसला दिएको भन्दै अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालत काजमा तानिएका छन् । आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले जोशीलाई सर्वोच्च अदालत काजमा तान्ने पत्रमा हस्ताक्षर गरी पठाएका छन् ।

यसअघि नै कैफियत फैसला दिएको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीशद्वय अम्बिकाप्रसाद निरौला र सूर्यप्रसाद अधिकारीलाई जिम्मेवारीमुक्त गर्दै सर्वोच्च अदालत काजमा तानिएको छ ।

जबरजस्ती करणी मुद्दामा जाहेरवाली किशोरीलाई नै ३ वर्ष ६ महिना कैदमा पठाउने फैसला गरेका जोशीको उक्त फैसलामा कैफियत देखिएको भन्दै छानबिनका लागि तत्काल जिम्मेवारीबाट मुक्त गरिएको सर्वोच्च स्रोतले बताएको छ ।

सर्वोच्च अदालतबाट आइतबार नै अछाम जिल्ला अदालतमा पत्र पठाइएको छ र उक्त पत्र न्यायाधीश जोशीले प्राप्त गरिसकेका छन् । कामु प्रधानन्यायाधीशले काजमा तानेलगत्तै उनले इजलासमा बस्न पाउने छैनन् । जिम्मेवारीबाट मुक्त गरेर उक्त फैसला उपर छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने तयारी भएको छ ।

तत्काल जिम्मेवारीबाट मुक्त गर्नका लागि सुरुमा सर्वोच्च अदालत काजमा तानिए पनि पछि जिल्ला न्यायाधीशमाथिको छानबिन गर्न न्याय परिषद्ले समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही गर्नु वा नगर्नु पर्ने के कति आधार र कारण छन् सो को आधारमा न्याय परिषद्ले निर्णय लिनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत