शनिबार, जेष्ठ ७, २०७९

मेयर नपाएपछि नारायणकाजीका खम्बाले छाडे पार्टी


कान्तिपथ


नेकपा (माओवादी केन्द्र) छोडेको घोषणा गरेका दाङका इन्चार्ज जीवन गौतमले तत्काल स्वतन्त्र भएर सामाजिक कार्यमा लाग्ने बताएका छन्। गौतमले घोराही उपमहानगरपालिकाको टिकट नपाउने भएर माओवादी छोडेको हल्ला चलेको छ।

उनी अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने पार्टीको नीतिप्रति रुष्ट थिए। माओवादी केन्द्रभित्र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकट मानिने गौतम अवसरवादी भएर पार्टी छाडेको आरोप छ ।

उनी केही दिनदेखि एमालेको महासचिव शंकर पोखरेलसँग छलफलमा रहेको बताईन्छ। माओवादी केन्द्रमा एमसीसी पास भएपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि असन्तुष्ट छन्। श्रेष्ठलाई साथ दिने नेतामा पर्थे गौतम। श्रेष्ठको दरिलो खम्बा गौतमले पार्टी छोडेपछि उनी रक्षात्मक हुने अवस्थामा पुगेको विश्लेषण हुन थालेको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत