मङ्लबार, माघ ८, २०८१

बुहारीलाई फलिफाप: कोहि उप-मेयर, कोहि मान्य !


कान्तिपथ


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी सिर्जना त्रिपाठी उप–मेयरमा सिफारस भएकी छिन् । माओवादीको पोखरा नगर कमिटीले उप–मेयरमा त्रिपाठीको नाम सिफारिस गरेको हो ।

महानगर कमिटीको सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उप–प्रमुखमा ३–३ जनाको नाम सिफारिस गरेको छ । माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य रहेकी त्रिपाठी पोखरामा माओवादीको राजनीतिमा सक्रिय छिन् ।

त्रिपाठीको माइती पोखरा उप–महानगरपालिका वडा नं. २५ हेम्जामा पर्छ । प्रकाश दाहालको निधन भएपछि त्रिपाठी कास्कीमा बस्दै आएकी छिन् । माओवादीले पोखराको मेयरमा बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको छ ।

उप–मेयरमा सिर्जना त्रिपाठी, गोमा ढकाल र सूर्यप्रकाश तिवारीको नाम सिफारिस भएको छ । प्रचण्डले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा दोहो¥याउन ठूलो कसरत गरेका छन् । अर्की बुहारी बिना मगरलाई कञ्चनपुरबाट प्रतिनिधि सभाको सांसदमा उठाउने तयारी गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत