शुक्रबार, मंसिर १६, २०७९

पुर्वगभर्नरको मुद्धा हेभीवेट वकिलले लड्दै


कान्तिपथ


सरकारले गरेको निलम्बनको विरुद्धमा सर्वोच्च अदालत गएका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि आजबाट सुनुवाई हुँदैछ । अधिकारीको रिट हिजोमात्रै सर्वोच्च अदालतमा दर्ता भएको थियो । आज उनको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल एजलासमा सुनुवाई हुँदैछ ।

अधिकारीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाललगायतले बहस गर्दैछन् । अधिकारीले सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै रिट दायर गरेका थिए ।

उनलाई गत चैत २५ को मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो । अर्थमन्त्री जनार्दन शर्मा र अधिकारीबीच टसल थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले भने गभर्नर अधिकारीले सरकारलाई सहयोग नगरेको कारण हटाउनु परेको स्पष्ट पारेका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत