शुक्रबार, फाल्गुन २, २०८१

दश हजारभन्दा बढीलाई स्वास्थ्य सेवा


कान्तिपथ


भीमदत्त नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले १० हजार ८०० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

केन्द्रका अनुसार ३४५ जनालाई परिवार नियोजन सेवा, २६४ जनालाई सुरक्षित मातृत्वअन्तर्गत झूल वितरण, ७८२ बालबालिकालाई नियमित खोप सेवा दिइएको छ । लक्षित समूहअन्तर्गत आठ हजार ६६४ जनालाई कोरोनाविरुद्धको खोप , १५ महिना देखि १५ सम्मका एक हजार ४७८ बालबालिकालाई टाइफाइड विरुद्धको खोपलक्षित समूहका ७८२ बालबालिकालाई पोषणसम्बन्धी सेवा दिइएको केन्द्रले जनाएको छ । 

पाँच वर्षमुनिका तीन हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने काम सम्पन्न भएको  । 

आर्थिक रुपमा विपन्न अवस्थामा रहेका वडाका छ परिवारको घरको फुसको छानो हटाई जस्तापाता राखिएको छ । यसैबीच आर्थिक अवस्था कमजोर रहेका परिवारका युवाहरुको छनोट गरी वडा कार्यालयले स्वरोगारमूलक कार्यक्रम सञ्चालन गर्नका लागि तालिम दिएको छ । १५ जना युवालाई गुडिया, ६० जनालाई इलेक्ट्रिसियन र २० जनालाई ब्युटिपार्लरसम्बन्धी तालिम दिइएको छ ।

वडामा रहेका विपन्न चारजनालाई माछा पोखरी निर्माण, दुई जनालाई मासु पसल सञ्चालन, १५ जनालाई स्थानीय जातका कुखुरापालन र एक जनालाई बङ्गुरपालनका लागि रु ५० हजारदेखि रु एक लाखका दरले अनुदान रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ  ।

यसैगरी,  कार्यालयले ९१ जना किसानलाई बाख्रा वितरण गरिएको उल्लेख गर्दै वडाध्यक्ष डम्बर सिंह कार्कीले तरकारी खेतीका लागि ३२ वटा प्लास्टिक टनेलसमेत निर्माण समेत निर्माण समेत गरेको छ ।  

कार्यालयले नौ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको जनाएको छ । ३० किलोमिटर कच्ची सडकमा ग्राभेल राख्ने कार्यसँगै चार किलोमिटर सडकमा पानी पिच गरी स्तरोन्नतिको कार्य गरिएको छ । आठ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य पूरा भएको छ ।

भाँसी खोला र काङ्गला खोलाका विभिन्न स्थानमा गरी एक दशमलव ५ किलोमिटर तटबन्ध निर्माणको कार्य गरिएको छ । वडा कार्यालय भवन निर्माणका लागि जग्गा दाताबाट दुई कट्ठा जमिन प्राप्त गरी कार्यालय भवन निर्माणको कार्य पूरा भएको जनाइएको छ ।  ५५ स्थानमा ह्युम पाइप राख्ने कार्यसँगै नौवटा कल्भर्ट निर्माण गरिएका छन् । काङ्ला खोलामा झोलुङ्गेपुल निर्माणको  पूरा भएको छ । 

कनकट्टी खोलामा पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया प्रारम्भ गरिएको छ । किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनका लागि १६ थान बोरिङ वितरण गर्ने कार्यसँगै ३१ किलोमिटर खानेपानीलाई विस्तारको कार्यसमेत गरिएको छ । यसै क्रममा वडामा १० वटा मन्दिर र थारू समुदायका थुनुवा निर्माणको कार्य गरिएको जनाइएको छ ।

वडामा एक हजार ५८६ घरघुरी रहेकामा जनसङ्ख्या सात हजार २५२ रहेको छ । टोल विकास संस्थाको सङ्ख्या भने ३१ छन् । वडामा आदिवासी जनजाति थारू समुदायसँगै बाहुन, क्षेत्री, ठकुरी र दलितको मिश्रित बसोबास रहेको छ ।


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत