सोमवार, अशोज २८, २०८१

ओलीका विश्वासपात्र मोदीका विश्वासपात्र भेट्न लुसुक्क भारतमा !


कान्तिपथ


यतिबेला नेकपा एमालेका नेता महेश बस्नेत दक्षिणको यात्रामा छन् । उनी भैरहवा नाका हुँदै उत्तर प्रदेशतर्फ केही दिन अघि लागेका थिए । उनको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेटवार्ताको तस्बिर सार्वजनिक भएको छ । भक्तपुरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पनि हुन् । उनी अचानक भारत पसेर उत्तराखण्डमा देखापर्नु अघि केही राजनीतिक भेटघाटहरु पनि गरेको बुझिएको छ ।

धामी हिन्दूवादी नेता हुन् । उनी भारतको सत्तारुढ भारतीय जनता पार्टीबाट मुख्यमन्त्री बनेका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र धामी लामो समय हिन्दू संगठन राष्ट्रि स्वयंसेवक संघका कार्यकर्ता थिए । उनीसँग बस्नेतको भेटलाई महत्वपूर्ण मानिएको छ । उत्तराखण्डको चुनावमा पराजित भएपनि धामी नै मुख्यमन्त्री बनाइए ।

बस्नेत एमालेभित्र हिन्दू राष्ट्रबारे बहस छिराउने नेता हुन् । उनले यसबारे पनि बहस हुनुपर्छ भनेर प्रस्ताव लगेपछि तरंग आएको थियो । देशमा हिन्दूवादी सेन्टिमेन्ट बढ्दै गएको र त्यसको उचित सम्बोधनमा बस्नेतले पार्टीभित्रै जोड दिदै आएका छन् । एमालेभित्रको पृथक धार बनाएका र संगठनमा पनि पकड भएका बस्नेतको चुनावको मुखमा दक्षिण यात्रा अर्थपूर्ण छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत