मङ्लबार, जेष्ठ ३, २०७९

सशस्त्र प्रहरीमा ४ एसपीको एसएसपीमा बढुवा


कान्तिपथ


सशस्त्र प्रहरी बलमा उच्च अधिकृतहरुको रोकिएको बढुवा अघि बढेको छ । सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएकै दिनदेखि सशस्त्रमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया अघि बढेको हो।

केसीको महानिरिक्षक पदमा नियुक्ति भएसंगै एआईजी, इन्सपेक्टर र प्राविधिकतर्फका एसएसपीहरुको बढुवा प्रक्रिया अघि बढाएका हुन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले मंगलवार एसपीबाट एसएसपीमा बढुवा प्रक्रिया अघि बढाएको छ ।

एसएसपीमा बढुवा सिफारिस हुनेमा डा.मीना कुंवर, डा.सुरेन्द्र श्रेष्ठ, इन्जिनियर प्रमोद शाह र कानुनबाट युवराज अर्याल रहेका छन् । यसअघिका आईजीपी शैलेन्द्र खनालले दरबन्दी रिक्त हुंदा पनि लामो समयसम्म बढुवा नगरेको भन्दै उनको आलोचना हुने गरेको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत